काठमाडौँ, साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाइ बधाई दिएका छन् र भारत भ्रमणमा आउने निम्तोसमेत दिएका छन् ।
प्रचण्डको निजि सचिवालय अनुसार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई टेलिफोन गरेर बधाई दिएका हुन् । फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गरेका थिए ।