कैयौं मतदाताहरुको नाम मतदाता नामावलीमा समावेश नभएको भेटियो

25

बीरगंज , २२ बैशाख ।
जिल्ला निर्वाचन कार्यालयको लापरवाहीको कारण पर्सामा फोटो खिचाएर पनि सयौं मतदाताहरुको नाम मतदाता नामावलीमा समावेश नभएको भेटिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालयमा राखेको मतदाता नामावली संकलन फाटमा २०७० साल चैत्र महिनामा मतदाता नामावलीका लागि फोटो खिचाएका झण्डै चार सय भन्दा बढी मतदाताहरुको नामावली वेपत्ता भएपछि निर्वाचन कार्यालयमा आज खैलावैला मच्चिएको छ । पानीटंकी निवासी उतम जोशीले निर्वाचन कार्यालयको गल्तीले आफू निर्वाचनमा उम्मेदवार बन्नबाट बन्चित हुने बताउनु भयो । निर्वाचन कार्यालयको लापरवाहीको कारण यस्तो भएको स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजका सभापति कृष्ण कुमार खनालले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले प्राविधिक गडवडीका कारण केही मतदाताहरुको नाम अन्तिम मतदाता नामावली विवरणमा नआएको बताउदै मतदाता समेत आफ्नो नाम आएको बारेमा दावी विरोधको समय अवधि भित्रै सम्पर्क नगर्दा समस्या उत्पन्न भएको जानकारी दिनुभयो ।

https://ankushdaily.com/