वीरगन्ज,२३ बैशाख । भारतीय सिमा सुरक्षा वल(एल.एस.वी)को अवरोधका कराण सात वर्ष देखी रोकिएको ठुटे खोला पुल निर्माण कार्य सुरु भएको छ । निर्माण स्थल भारतमा रहेको भन्दै एसएसवीले रोक लगाउदै आएको पुलको काम दुवै देशका अधिकारीहरुको सहमति पछि शुरु भएको हो ।
नेपाल तथा भारतका अधिकारी समावेश रहेको टोलीले स्थलगत अनुगन गरेपछि निर्माण स्थल नेपालमै रहेको प्रमाणि भएपछि हुलाकी राजमार्ग अन्तर्गत पर्ने ठोरीको ठुटे खोलामा पुल निर्माणकार्य सुरु गरिएको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ ।
दुवै देशका अधिकारी बीचको सहमति भएपछि सर्वे गरिएकै स्थानमा पुल निर्माणको काम शुरु गरिएको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जका इन्जिनियर अनुठालाल पटेलले जानकारी दिनुभयो ।
सिमा विवाद मिलेपछि एक महिना यता ठुटे खोला पुल निर्माण कार्य द्रूत गतीमा अघि बढि रहेकोे इन्जिनियर पटेलको भनाई रहेको छ ।
दुवै पक्षका अधिकारी बीच सहमति पछिपनि पुल निर्माण कार्य सुरु हुन नसकेपछि स्थानीयले पुलको काम शुरु गर्नुस् हौसला दिएपछि निर्माण कार्य सुरु गरिएको बताउनु भयो । स्थानियले कतैबाट अवरोध आए त्यसको सामना आफुहरुले गर्ने भनेपछि निर्माण ठेक्का पाएको कम्पनीलाई बोलाई पुलको काम सुरु गरेको इन्जिनियर पटेलले जानकारी दिनुभयो ।
निर्माण कार्य सुरु भएपछि बैशाखको अन्तिम साता सम्म १५ प्रतिशत पुलको काम पुरा भएको इन्जिनियर पटेलले बताउनु भयो । पा“च वटा पिलर मध्ये अहिले सम्म दुइ वटा पिलरको काम सकिएको जानकारी दिदै इन्जिनियर पटेललले एक वर्ष भित्रमै पुल निर्माणको काम पुरा गर्ने योजनामा रहकेो बताउनु भयो ।
ठेक्का सम्झौता भएको सात वर्ष पछि मात्र काम शुरु भएकाले सम्झौतामा उल्लेख भए अनुसारको म्याद पुनः थप गर्न हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले प्रकृया शुरु गरिसकेको छ । सम्झौतामा ३० महिनाको अवधी उल्लेख रहेकाले त्यही अनुसारको म्याद ठेकेदारलाई दिन प्रकृया अघि बढाएको पटेलले जानकारी दिनु भयो ।
ठूटे खोलामा एक सय दुइ मिटर लम्बाइ र सात दशमलव दुइ मिटर चौडाइको पुल निर्माणका लागि सडक विभागले २०६७ साल जेठ ४ गते नै अमर एण्ड मृत सन्जिवनी निर्माण सेवा कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो ।
पा“च वटा पिलर रहने पुल निर्माणको लागत ६ करोड लाख १७ लाख रुपैया रहेको छ ।