ऐतिहासिक धरोहर संरक्षण गर्न मुठी दान कार्याक्रम सम्पन्न

55

वीरगंज, २३ बैशख ।  पर्सा जिल्लामा रहेको सार्वजनिक मठ, मन्दिर ,ईदगाह , मदरशा , मस्जिद , ऐलानी जग्गा एवं पोखरी लगायतको संरक्षण हेतु ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियान पर्साले आज वीरगंजको छपकैयामा खवरदारी एवंम न्याय पाउ“नको लागी मूट्ठी दान कार्याक्रमको आयोजना गरेको छ ।
सो मुट्ठी दान कार्याक्रम अभियान पर्साका संयोजक जफर अंसारीको नेतृत्वमा निस्केको जुलुश छपकैया परिक्रमा गरेको थियो ।
उक्त जुलुशमा अभियानका कोषाध्यक्ष राजदेव चौरसिया , धिरज सर्मा , राम सुरत महतो, प्रेम कुशवहा , शारदा देवी , शेख नैमुदिन , मुन्ना शेख , परमानन्द सरार्फ , दिनानाथ सरार्फ , सत्य नारायाण ठाकूर , अमीरुल हक , साविर सिद्धिकी, राधे श्याम सरार्फ , भिम सरार्फ , परमानन्द पटेल लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/