सुन र चाँदीको भाउ स्थिर

54

काठमाडौं, वैशाख २४–गते गत साता सुनको भाउ उतार चढाव भएको सुनको भाउ यो साताभर ओरालो लागेको सुनको भाउ आज भने स्थिर रहेको छ । गत साताको शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।
त्यसै गरी यो साता चाँदीको भाउ पनि स्थिर छ । चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साता अन्तर्रा्ष्ट्रिय वजारमा आएको गिरावटसँगै नेपाली वजारमा पनि सुनको भाउ निरन्तर ओरालो लागेको थियो । साताभर सुनको भाउ तोलामा एक हजार ४ सय रुपैयाँ घटेको थियो ।

https://ankushdaily.com/