बीरगंज, २४ बैशाख । मधेशमा एमाले विरुद्ध जनभावना बढेको बेला नेकपा एमाले पर्साका संयोजक प्रभू हजराले मधेशी जनताको हितमा नेकपा एमालेले जस्तो प्रभावकारी काम अन्य दलले नगरेको दावी गर्नु भएको छ । नेकपा एमालेको बीरगंज उमहानगरपालिकाको वडा नं १ मा आइतवार सम्पन्न वडा भेला लाई सम्बोधन गर्दै उहा“ले यस्तो बताउनु भएको हो ।
उहा“ले सरकारमा भएको बेला नेकपा एमालले जेष्ठ नागरिकलाई बृद्धभत्ता,मधेशका सबै मुख्य शहरको बिकासमा ५० करोडको बिनियोजन हुलाकी राजमार्गको निर्माण जस्ता काम गरेकोले पनि एमाले मधेशी जनताको वास्तविक मित्र भएको बताउनु भयो । भेलामा एमालेका नेता बालगोपाल थापाले नेकपा एमाले मधेशको भूमिको पार्टी भएको मधेशी जनताको बिपक्षमा जान नसक्ने बताउनु भयो । पूर्व वडाध्यक्ष एवं एमालेका वडा कमिटीका अध्यक्ष भिखम महतो कोइरीको अध्यक्षतामा भेलामा कार्यक्रममा एमाले नेता उसमान अन्सारी ,अफजल हुसेन नगर सचिव मानदेव हजरा लगायतले मन्तब्य ब्यक्त गर्नु भयो । कार्यक्रम संचालन पनालाल साहले गर्नु भएको थियो ।