दोस्रो चरणको निर्वाचन अगाडी नै संविधान संशोधन नभए दोस्रो चरणको निर्वाचनमा सहभागी नहुनेः अध्यक्ष यादव
बिजय चौहान
वीरगन्ज,२५ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानिय तह निर्वाचनको दोस्रो चरणको निर्वाचन अगाडी नै संविधान संशोधन नभए दोस्रो चरणको निर्वाचनमा सहभागि नहुने बताउनु भएको छ । संघीय समाजवादी फोरम नेपालको तराई मधेस प्रदेश समितिले सोमबार वीरगन्जमा आयोजना गरेको एक दिने विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई तिहाई विना संशोधन प्रस्तावलाई निर्णयार्थ संसदमा प्रस्तुत गर्न नहुने बताउनु भयो । उहा“ले संसदमा दर्ता रहेको संशोधन प्रस्ताव पारित हुने आवश्यक संख्या पुरा नभए सम्म निर्णयार्थ प्रस्तुत गर्नु नहुने र गर्नपनि नदिने अध्यक्ष यादवले दावी गर्नुभयो ।
रोयलिस्ट र कम्युनिष्ट मिली स्थानिय तहको पहिलो चरणको निर्वाचन भा“ड्ने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ । उहा“ले मुलुकमा अस्थिरता कायम राख्न एमाले र राप्रपाले गठबन्धन बनाई स्थानिय तहको पहिलो चरणको निर्वाचनलाई भा“ड्ने दाउमा रहेको दावी गर्नु भयो । वर्षौको संर्घष र हजारौको वलिदानीबाट उपलब्धिको रुपमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने दिर्घकालिन योजना अनुसार गणतन्त्रवादी र राजावादीको गठबन्धन निर्माण भएको आरोप लगाउनु भयो । उहा“ले पहिलो चरणको निर्वाचन भाडी मुलुकमा अस्थिरतालाई विध्यमान राख्ने राजावादी र कम्युनिष्टको योजनालाई तुहाउन आफुहरु निर्वाचनमा सहभागि भएको दावी गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वोच्च अदालतका मुख्य न्यायधिश शुशिला कार्कीमाथि सरकाले लगाएको महाभियोग गलत भएको टिप्पनी गर्नु भएको छ । उहा“ले सरकारले महाअभियोग लगाउने फैसलाको कारण न्यालय र संसद बीचमा द्वन्द उत्पन्न गरेको बताउदै अध्यक्ष यादवले स्वतन्त्र न्यायपालिका रहे मात्र लोकतन्त्र बलियो हुने मान्यतालाई सरकारको गलत कदमले कुन्ठित गरेको आरोप लगाउनु भयो ।
फोरम निर्वाचनमा सहभागि भएको विरोध गर्ने राजपापनि केही दिन मै स्थानिय तहको निर्वाचनमा सहभागि हुने दावी गर्दै अध्यक्ष यादवले राजपाका केही नेताहरु आफुलाई निर्वाचनमा सहभागि हुने कुरा समेत गरेको खुलाशा गर्नु भयो ।
संघीय समाजवादी फोरम नेपालको तराई मधेस प्रदेश समितिका सचिव शेषनारायण यादवको अध्यक्षतामा सम्पन्नभएको अन्तरक्रिया कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत गद्दी, महासचिव रामसहाय यादव लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, राजनीतिक समितिका सदस्य, सलाहकार समितिका सदस्य, केन्द्रिय पार्षद तथा बारा, पर्सा,रौतहट, सर्लाहीका जिल्ला अध्यक्ष सहितका एक सय ५० जना पदाधिकारहरुको सहभागिता रहेको थियो ।