संघीय गठबन्धनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

42

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी रहँदा संघीय गठबन्धनले संविधान संशोधन विधेयक पारित नगरेको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ। गठबन्धनले चुनावको दुर्इ दिन अगाडि निर्वाचन नहुने प्रदेशहरुमा विरोध सभा गर्ने भएको हो।

मंगलबार काठमाडौंको विजुलीबजारमा बसेको बैठकले वैशाख २९ गते प्रदेश नम्बर १,२,५ र ७ मा विरोध सभा गर्ने र जेठ १ गते पनि विरोध सभा साथै मोटरसाइकल र्‍याली निकाल्ने निर्णय गरेको छ।

सरकारले वैशाख १७ गतेको संसद बैठकबाट संविधान संशोधन विधेयक पारित गर्ने वचन दिए पनि पारित नगरेको विरोधमा कार्यक्रम घोषणा गर्नु परेको गठबन्धनको भनार्इ छ। विरोधका अन्य कार्यक्रमहरु भने जेठ ४ गते संसदको बैठकपछि तय गरिने बताइएको छ।

https://ankushdaily.com/