बिजय चौहान
वीरगन्ज,२६ बैशाख । जिल्ला शिक्षा कार्यालयको इजाजत बगैर पर्सामा करिब एक सय भन्दा बढीको संख्यामा निजी विद्यालय संचालन भइरहेको खुलाशा भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साले गराएको अनुमनबाट वीरगन्ज र ग्रामिण क्षेत्रमा एक सयभन्दा बढीको संख्यामा अबैध निजी विद्यालय संचालन भएको खुलाशा भएको हो ।
जिल्ला शिक्षा कार्यालय पर्साका अनुसार जिल्लामा कुल एक सय ३९ वटा निजी विद्यलाय दर्ता रहेका छन् । जिल्ला शिक्षा कार्यालय पर्साले उपलब्ध गराएको तथ्या“क अनुसार १२ कक्षा सम्मका लागि १० वटा, कक्षा १० कालागि ५३ वटा, कक्षा ८ कालागि १० वटा, कक्षा ६का लागि ३१ वटा, कक्षा ५का लागि १५ वटा, कक्षा४का लागि २ वटा,कक्षा ३कालागि ५ वटा, कक्षा २ का लागि ४ वटा र कक्षा १का लागि १७ वटा विद्यालयले मात्र इजाजत लिएको छ ।
जिल्लाको सहरी क्षेत्र तथा ग्रामिण क्षेत्रमा इजाजत लिएका वाहेक एक सय भन्दा बढी विद्यलाय संचालन रहेको जिल्ला शिक्षा कार्यालय पर्साका प्रमुख जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिनुभयो । उहा“ले अबैध रुपमा संचालन रहेको विद्यालयमा अध्ययन गर्ने कक्षा ८ र १० का विद्यार्थीलाई परिक्षाका बेला प्याबशन एन प्याबशनका सदस्य रहेका बैध विद्यालयले फार्म भराई अबैध विद्यालयलाई मल जल गरेको आरोप लगाउनु भयो । जिल्लामा संचालन रहेको अबैध विद्यलायलाई कार्यवाही गर्न शिक्षा नियमावलीमा कडा प्रावधान नभएको र प्यापशन तथा एन प्यापशनको संरक्षणका कारण अबैध विद्यलायलाई कार्यवाही गर्न कठिनाई भएको जिसिअ तिवारीले जानकारी दिनुभयो ।
शिक्षा ऐनमा समेत अबैध विद्यलाय संचालन गर्नेलाई सोझै बन्द गर्ने प्रवधान नभएको, अबैध विद्यलाय संचाकलाई पा“च हजार सम्म जरिवान गर्ने व्यवस्था भएकाले पनि दण्डीत गर्ने कठिनाई भएको छ । अबैध विद्यलाय संचालन गरी विद्यार्थीको भविश्यसंग खेलवाड गर्नेहरु माथि ठगी मुद्दा चलाउने ऐन मंै व्यवस्था हुने पर्ने जिसिअ तिवारीको सुझाव रहेको छ ।
यसै विषयमा प्याबशन पर्साका अध्यक्ष हरिशंकर साहसंग बुझदा उहा“ले ७५ देख एक सयको हाराहारीमा जिल्ला भित्र अबैध विद्यलाय संचालन रहेको अंकुश दैनिकलाई बताउनु भयो । उहा“ले केही वर्ष अगाडी अबैध विद्यलायका विद्यार्थीलाई निजी विद्यलायबाट परिक्षा लिनाउने कार्य भएपनि पछिलो समयमा सामुदायिक विद्यलायबाटै अबैध विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको परिक्षा दिलाउने काम हुदै आएको आरोप लगाउनु भयो । सामुदायिक विद्यलायका प्रधानअध्यापक समेत रहेकाहरुले नै जिल्लाको सदरमुकान तथा ग्रामिण क्षेत्रमा अबैध निजी विद्यलाय संचालन गरेको अध्यक्ष साहले दावी गर्नुभयो । वीरगन्ज उपमहानगपालिका भित्र मात्र एक दर्जन भन्दा बढी अबैध निजी विद्यलाय सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले सचालन गरेपनि त्यसलाई जिल्ला शिक्षा कार्यालय पर्साले कुनै कार्यवाही नगरेको प्याबसन पर्साको आरोप रहेको छ ।