राजनीतिक स्थिरता र समुदाय बीचको सद्भावले विकास ः पुर्व राष्ट्रपति यादव

39

बिजय चौहान
वीरगन्ज,२७ बैशाख ।  पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक स्थिरता र समुदाय विचको सदभावले मुलुकलाई अगाडी बढाउने भएकाले नेपाली जनताको उज्वल भविष्यका लागि अब राजनीतिक दलहरुले दिगो राजनीतिक स्थिरता काम गर्नेको विकल्प नै नभएकोे बताउनु भएको छ ।
रिलिफ सोसाईटि आफ कर्मस वीरगन्जको बुधबार आज विरगन्जमा अयोजित रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले छिमेकी राष्ट्रको राजनीतिक स्थिरता र विकासबाट पाठ सिक्दै नेपालमा दिगो राजनीतिक स्थिरताका लागि प्रयास गर्न राजनीतिक दलहरुलाई सुझाव दिनु भयो ।
पुर्व राष्ट्रपति यादवले प्रकृतिक सम्पदा र चुरे क्षेत्रमा रहेको वन फडानिलाई बेलैमा नरोकिए आउदो दश वर्षभित्र तराईका जिल्लामा पानीको ठुलो हाहाकार हुने चेतावनी दिनुभयो । उहा“ले चुरे क्षेत्रको दोहन निरंतर भईरहे अन्नको भण्डार भनेर चिनिने तराईका उपजाउ भुमि मरुभुमिमा रुपान्तरित हुने खतरा बढी रहेको चिन्ता व्यक्त गर्नुभयो । चुरे क्षेत्रमा रहेको वनको फडानी, ढु·ाबालुवा लगायत प्रकृतिक सम्पादाको दोहनलाई नरोकिए तराई मुरुभुमिमा रुपान्तरित हुने र मुलुकमा खाद्ययान्नको ठुलो हाहाकर हुने भएकाले वन तथा प्रकृतिक श्रोत साधन संरक्षणमा सरकारमात्र नभई नागरिक समाजले समेत सकृय भुमिका निर्वाह गर्न आवश्यक रहेको पुर्व राष्ट्रपति यादवले बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष एवम् देशकै सबै भन्दा ठुलो औद्योगिक घराना चौधरी गुरुपका अध्यक्ष विनोद चौधरीले अब बारा पर्सा क्षेत्रको विकासका लागि उद्योगपति, व्यापारी, सर्वसाधराण राजनीतिक दल सबै आन्दोलनमा उत्रीने बेला आएको बताउनु भएको छ ।
देशको अर्थतन्त्रमा ठुलो योग्दान पुर्याउने वीरगन्जको विकास अन्तर्राष्ट्रिय विमाणस्थल र फास्तटर्याकको निर्माणसंग गासिएकाले दुवै पुर्वधार निर्माणका कार्य सुरु गर्न सरकारमाथि दवाब दिन वीरगन्ज बन्द गरी आन्दोलनमा उत्रीने बेला आएको सुझाव दिनु भयो । अन्तर्राष्ट्रिय विमान स्थालको खासै आवश्यकता र महत्व नभएको पोखरामा आन्दोलन गर्दैमा सरकारले निर्माण कार्य सुरु गर्न सक्छ भने मुलुककै आर्थिक, समाजिक विकासको ढोका खोल्न सकिने निजगढ अन्तराष्ट्रिय विमान स्थलन निर्माण गराउन आन्दोलनमा उत्रीनै पर्ने उदघोष गर्नु भयो ।
रिलिफ सोसाइटीका अध्यक्ष अशोक लाठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज उदोगबाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्मा, पुर्व अध्यक्ष अशोक बैध लगायतका वक्ताले बोलेका थिए ।

https://ankushdaily.com/