एजेन्सी – इङ्गलिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा घरेलु टोली वेष्ट ब्रमविच आल्बियनलाई १-०ले पराजित गर्दै चेल्सीले प्रिमियर लिगको उपाधि हात पारेको छ। यो चेल्सीको पाँचौ प्रिमियर लिग उपाधि हो। निकै रक्षात्मक खेल खेलेको वेष्ट ब्रमका विरुद्ध चेल्सीले धेरै आक्रमण बुनेको थियो।. तर डिएगो कोष्टा, एडेन हाजार्ड लगायतका खेलाडीले खेलमा अग्रता भने दिलाउन सकेनन्। वैकल्पिक खेलाडी मिची बात्सुआइले खेलको ८२औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो। उनले सेजार एज्पिलीक्वेटाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। यस जितसंगै चेल्सीको ३६ खेलमा ८७ अंक भएको छ। दोश्रो स्थानमा रहेको टोटेनहमको ३५ खेलमा ७७ अंकमात्र रहेको छ।