मनोज साह
जितपुर बारा, ३१ बैशाख । बाराको सिमरामा नेपाली कांग्रेसको नगर स्तरीय भेला सम्पन्न भएको छ । भेलाले चुनावको तैयारी गर्ने उदेश्य स्वरुप विभिन्न निर्णयहरु गरेका छन् ।
शनिवार जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पार्टी कार्यलयमा आयोजित कांग्रेसको भेलाले निर्वाचन परिचालन मुल समिति, निर्वाचन प्रचार प्रसार समिति, घोषणा पत्र निर्माण समिति, अनुशासन समिति र आर्थिक समिति गठन गरेको छ । भेलाले प्रमोद सिम्खडाको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति चयन गरेको छ ।
त्यस्तै निर्वाचन प्रचार प्रसार समितिमा सुमन भट्टराई, दिपक ठाकुर, नविन बराल लगाएत २० जनालाई चयन गरीएको छ भने घोषणा पत्र निर्माण समितिमा पनि सुमन कुमार भट्टराई, शंकर आचार्य, कालिका प्रसाद ढकाल लगाएत १५ जना चयन हुनुभएको छ ।
त्यस्तै भेलाले नगरकमिटि अध्यक्ष श्यामबाबु गुप्ताको समंयोजकत्वमा २३ सदस्य आर्थिक समिति चयन गरेको छ ।
आर्थिक समितिको सह–संयोजकमा ओमकृष्ण कार्की रहनुभएको छ भने सदस्यहरुमा कृष्णब्रत सिहं, बालकृष्ण मैनाली लगाएत रहनुभएको छ ।
जितपुर सिमरा उपमहानगरपालिकाका नगरसंयोजक श्यामबाबु गुप्ताको सभापतित्वमा आयेजित कार्यक्रममा पार्टिका महाधिवेसन प्रतिनिधी, क्षेत्रीय प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।