बिजय चौहान
वीरगन्ज,१ जेष्ठ । नेपालका दुब्यसनीहरुको कारण भारतबाट नेपाल तर्फ हुने लागुऔषध कारोवारमा वृद्धी भएको छ । नेपालबाट भारत तर्फ हुने गरेको लागू औषधको कारोबार भने घटेको छ । खुल्ला सिमाना र भारतीय प्रहरीको असहयोगका कारण भारतबाट नेपाल तर्फ हुने टिटी जेसिक(इन्जेक्शनबाट लिने लागुऔषध) कारोवार बढ्दै गएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा चालुआर्थिक वर्षको नौ महिनामा पर्सा नाका प्रयोग गरी भारत तर्फ हुने लागुऔषध गा“जाको कारोवारमा ८ गुणा र चरेशको कारोवारमा ४ गुणाले कमी आएको छ भने भारतबाट नेपाल तर्फ हुने लागुऔषध कारोवारमा २७ प्रतिशतले वृद्धी भएको छ ।
आर्थिक वर्षा २०७२÷०७३कोे श्रावण देखी चैत्रसम्मको नौ महिनामा एक हजार दुई सय १० केजी गाजा“ र ६ सय ७ केजी चरेश सिमाक्षेत्रबाट प्रहरीले बरामद गरेको थियो भने चालु आर्थिक वर्ष नौ महिनामा एक सय ३८ केजी गा“जा र एक सय ५७ किलो चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । त्यसै गत आर्थिक वर्षको नौ महिनामा भारतबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले ८ हजार २ सय ९ थान टिटी जेसिक बरामद गरेको थियो भने चालु आर्थिक वर्षको नौ महिनामा १० हजार ३ सय ८५ थान टिटीजेसिक बरामद गरेको प्रवक्ता जोशीले बताउनु भयो । उहा“ले गत आर्थिक वर्षको नौ महिनामा एक सय २२ जनालाई नियन्त्रणमा लिदै एक सय १० वटा लागुऔष मुद्दा दर्ता गरेको थियो भने चालु आर्थिक वर्षको नौ महिनामा ९० वटा मुद्दा दर्ता गर्दै एक सय २६ जनामाथि कार्यवाही गरिएको प्रवक्ता जोशिले जानकारी दिनुभयो ।
भारतबाट खरिद गरेका लागुऔषध नेपाल भित्र्याउने क्रममा पक्राउ परेकाको सख्या ७५ प्रतिशत भन्दा बढी रहेको र २५ प्रतिशत नेपालबाट भारत तर्फ लागुऔषध लैजाने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नेपाल–भारत सिमाक्षेत्रका अधिकारीहरुको बैठकमा सिमाक्षेत्रमा हुने लागुऔषध कारोवारलाई नियन्त्रण गर्न दुवै तर्फका अधिकारीहरु बीच सहमति भएपनि भारतबाट नेपाल तर्फ हुने लागुऔषध कारोवारलाई नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीले खासै पहल नगरेको कारण पक्राउ हुने संख्या बढदै गएको प्रवक्ता जोशीको भनाई रहेको छ ।
चिकित्सको सिफारिस बगेर विक्री वितरण गर्नै नपाउने औषधी खुलेयाम विक्री वितरण भएपनि त्यसलाई भारतीय सुरक्षाकमीले नियन्त्रण गर्ने प्रयास नै नगरेको कारण सिमावर्ती भारतीय सहर रक्सौलबाट लागुऔषध खरिद गर्न नेपालको काठमाण्डौ,पोखरा, मकवानपुर, चितवन लगातका स्थानबाट खरिद गर्न आउनेको संख्या बढ्दै गएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।