बीरगंज, १ जेठ । बीरगंज उपमहानगरपालिका वडा नं. २२ साबिक मनियारी गाविस को वडा अध्यक्षमा शिवजी ठाकुरको चर्चा गा“उलेहरुको बीच ब्यापक हुन थालेको छ ।
दुई दशक भन्दा बढी समय देखि निरन्तर नेपाली कांग्रेसमा सकृय रहेका ठाकुर अहिले मनियारी गाविसका क्षेत्रिय प्रतिनिधि र क्षेत्र नं.२ का क्षेत्रिय सदस्य भई आफ्नो भुमिका निवाृह गरि रहेका छन् ।
युवाहरु बीच लोकप्रीय मृदुभाषी शिवजी ठाकुरको यस पटक पार्टीले मुल्यांकन गरी वडा अध्यक्षको टिकट दिनेमा त्यस गा“उका युवाहरु बिश्वस्त छन् ।
त्यसैगरी वीरगंज उपमहानगरपालिका वडा नं. १४ मा नेपाली क“ंग्रेसको तर्फबाट एक नम्बरमा टिकटको लागि चर्चित युवा राजेश पटेलको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस बुथ कमिटि १४ को बसेको बैठकले वडा अध्यक्षको लागि एक नम्बरमा युवा राजेश पटेलको नाम सिफारिस भएको हो । वडा नं. १४ मा वडा अध्यक्षका लागि राजेश पटेलको व्यापक चर्चा चलेको छ ।