चार महानगरको पछिल्लो मतपरिणामः दुईमा कांग्रेस, दुईमा एमालेको आग्रता

84

काठमाडौं । गत आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा बिहीवार मध्यान्हसम्म चारवटा नगरपालिकामा नेपाली काग्रेस र एमालेबीच रोमान्चकारी प्रतिष्पर्धा देखिएको छ । काठमाडौं महानगर र चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायम छ भने ललितपुर र पोखरा लेखनाथ नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ ।

काठमाडौं र भरतपुरमा एमालेको फराकिलो अग्रता छ भने ललितपुर र पोखरामा तीब्र प्रतिष्पर्धा छ । काठमाडौंमा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ५ हजार ३ सय ३७ मत ल्याउदा नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ३३ भोट पाएका छन् । चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले ७ हजार ३ सय ७४ मत प्राप्त गर्दा कांग्रेस समर्थित माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५ हजार ७ सय ३४ मत पाएकी छन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १० हजार ३ सय १ भोट ल्याउदा नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले ९ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् । पोखरा लेखनाथ नगरपालिकामा नेपाली काग्रेसका रामजी कुँवर ७ हजार ८ सय मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी ७ हजार ५ सय ४० मतसहित काग्रेस उम्मेदवारलाई पच्छाइरहेका छन् ।

https://ankushdaily.com/