भ्रष्टाचार मुक्त समाजको आकांक्षा जनताले गरेका छन् ः वरिष्ठ नेता नेपाल

73

बिजय चौहान
वीरगन्ज, ३ जेष्ठ ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जनताले सुशासन र भ्रष्टाचार मुक्त समाज चाहेको बताउनु भएको छ । उहा“ले ७० वर्ष देखि निरन्तर संघर्ष गरी संघीय लोकतन्त्र गणतन्त्र ल्याएका नेपाली जनताले मुलुकमा समतामुलक समाज निर्माण गरी जनतालाई शान्ति सुरक्षा र रोजगारको अवसर प्रदान गर्न राजनीतिक दलहरुसंग अपेक्षा गरेको धारणा व्यक्त गर्नु भयो ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन ठाकुरराम बहुमुखी क्याम्पसले बुधबार वीरगन्जमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपाली जनताले जनताको हितकालागि शासन संचालन गर्न दलहरुसंग अपेक्षा गरेपनि कुर्सीमा जाने नेताले जनतालाई विर्सिने गरेको कारण जनतामा निराशा छाएको टिप्पणी गर्नु भयो । जनताको आकांक्षा अनुसार अन्य राजनीतिक दलले व्यवहार नदेखाएको र एमालेले जनताको आकांक्षा अनुरुप नै अगाडी बढेको कारण हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नै पत्याएको दावी गर्नु भयो ।
केदार न्यौपानेले लेख्नु भएको असम्बोधित नायकहरु नामक पुस्तकलाई लोकार्पण गर्दै नेता नेपालले लोकतन्त्र प्राप्तीको संंघर्षमा महत्वपुर्ण भुमिका निर्वाह गरेका योद्धाहरु गुमनामिमै रहेको र लेखक न्यौपानेले ति योद्धाहरुलाई गुमनामीको अध्यारोबाट बाहिर झिक्ने महान कार्य गरेको प्रशन्सा गर्नु भयो । पंचायती काल खण्डका बेला आन्दोलन कारी शक्तिहरुलाई जोगाउन र आन्दोलनलाई जिवित राख्न महत्वपुर्ण योगदान पु¥याएका योद्धाहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था आएपछि पनि उनको योगदान पर्दापछाडिनै रहेकामा लेखकले ति योद्धा र तिनले पु¥याएको योगदानको चर्चा पुस्तकमा गरी आउने पिढि समेतलाई जागरुक बनाउने काम गरेको नेता नेपालले बताउनु भयो ।
पुस्तककी प्रकाशक रुपा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम् सांसद नागेन्द्र चौधरी, सांसद रामचन्द्र साह, विचारी यादव, रामकुमार गुप्ता, लेखक केदार न्यौपाने लगायतका वक्ताहरुले लोकतन्त्रका अथक योद्धाहरुको अमर योगदानलाई पुस्तक मार्फत जनता सामु ल्याउन लोकतन्त्रको जगलाई थप बल प्रदान गर्ने र नया“ पिढिलाई लोकतन्त्र प्रति आस्थावान वन्न प्रेरित गर्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा लोकतन्त्रको आन्दोलनमा आफ्नो महत्वपुर्ण योगदान पु¥याउने र आन्दोलनकारीलाई गा“स र बा“स दिने बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनका विभिन्न व्यक्तिलाई नेता नेपालले दोसल्लाह ओढाई सम्मानित गर्नु भएको थियो ।

https://ankushdaily.com/