काठमाठौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियन महपला टोलीसँग आज पहिलो मैत्रिपुर्ण खेल खेल्दैछ। खेल मलेसियाको कोटा किनाबालुस्थित सबाव स्टेडियममा हुनेछ।
मलेसियन फुटबल संघको निमन्त्रणा अनुसार नेपाल र मलेसियाबीच २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ह्न लागेको हो।
खेल हुनुअघि आईतबार मलेसियन फुटबल संघले पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले खेलका लागि तयार रहेको रहेको बताउँदै जित्नका लागि खेल्ने बताएका छन्।
मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक कुमार थापाको प्रशिक्षणमा २० सदस्य नेपाली महिला टोलीले शनिबार र आईतबार एकर/एक घण्टा अभ्यास गरेका थिए।
तीन पटकको उपविजेता रहेको नेपाल यसपटक सेमिफाइनलबाटै बाहिरियो । तथापी नेपालले दाबेदारको छवि भने बनाएकै थियो । अहिले टोलीमा एक खेलाडीको मात्र परिवर्तन छ । दीपा अधिकारीको ठाँउमा सजना रानाले मौका पाएकी छिन् ।
सजनाको आगमनले टोलीमा थप उर्जा भरिएको प्रशिक्षक थापाको ठम्माई छ । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार राती ८ः१५ बजे सुरु हुनेछ ।