वीरगन्ज ।
झुठा मुद्दामा फसाइएका २८ जना नेपालीलाई न्याय दिलाउन पूर्ण ब्रम्ह कविर उपासक समाज नेपालले सरकारसंग माग गरेको छ । तीन वर्ष अगाडी भारतको हरियाणामा सन्त रामपालको प्रवचन सुन्नगएका २८ जना नेपाली माथि भारत सरकारले राजद्रोह लगायतका झुठा मुद्दा लगाइ दु:ख दिएकाले सबै नेपालीलाई मुद्दाबाट उन्मुक्ती दिलाउन समाजले सरकारसंग माग गरेको हो ।
पूर्ण ब्रम्ह कविर उपासक समाज नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मोलनमा समाजको नेपाल संयोजक रामचन्द्र महतोले प्रबचन सुन्न गएका ८ जना नेपाली माथि राजद्रोह र अन्य १८ जनालाई समान्य तारेखमा राखी भारत सरकारले दु:ख दिएको र पिडित नेपालीलाई राहत दिन नेपाल सरकारलाई पहल गर्न आग्रह गर्दा समेत सरकारले कुनै सुनुवाई नगरेको गुनासो गर्नु भयो ।
उहाँले प्रवचनको क्रममा पक्राउ परेका नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले अमानविय तरिकाले तीन महिनासम्म कुटपिट गर्दा समेत कुनै प्रमाण फेला नपरेपछि एक लाख रुपैया भारु धरौटिमा १५ दिने तारेखमा छाडेर दु:ख दिइ रहेको दावी गर्नु भयो ।
भारतीय सुरक्षाकर्मीले निर्दोश नेपालीलाई १५ दिनपछि उपस्थित हुने गरी तारेख दिएकाले उक्त मुद्दामा रहेका नेपाली नागरिकको घर व्यवहार समेतमा गम्भिर असरपरेकाले मुद्दामा रहेका नेपाली नागरिकलाई न्याय दिलाउन उचित पहल सरकारले गर्नुपर्ने आफुहरुको माग गरेको संयोजक महतोको भनाई रहको छ । पत्रकार सम्मेलनमा उपस्थित रहेका धनुषा महेन्द्रनगर निवासी गणेश महतोले प्रहरीले पक्राउ गरी थुनामा राखेको बेला नाङ्गो गरी अमानविय तरिकाले कुटपिट गरेको आरोप लगाउनु भयो । उहाँले आफुहरुको लिंगमा समेत ढु·ाबाधि कुटपिट गरेको महतोले दावी गर्नुभयो ।
भारतीय सुरक्षाकर्मीको पुर्वाग्रहीताका कारण आफुहरु १५ दिनमा उपस्थित हुनु पर्ने अवस्था रहेकाले मुद्दा चलिरहेको अवस्थामा कुनै कामकाज गर्न नसकिएको र व्याजमा रकम लिई मुद्दा धान्नु पर्ने अवस्था रहेको महतोले बताउन ुभयो । उहाँले झुठा मुद्दामा फसाईका नेपालीलाई राहत दिन सरकारले चाँडै पहल नगरे धेरैको जिवननै वर्बाद हुने बताएका छन् । हरियाणामा रहेको सन्त रामपाल जी महाराजको आश्रममा सन् २०१४ नोभेम्बर १४ तारिखमा भारतीय प्रहरीले छापा मार्ने क्रममा रामपालका समर्थक र प्रहरी बिच हिंसात्मक झडप भएपछि प्रहरीले रामपाल सहित उनको समर्थकलाई नियन्त्रणमा लिएर जेलमा राखेको छ । रामपालले हरियाणामा सयौं बिघा सरकारी जग्गा गैरकानुनी रुपमा कब्जा गरेर आश्रम बनाएको, आश्रम भित्र शारिरिक शोषण , यातना जस्ता अपराधिक गतिविधी गरेको आरोप लगाउदै भारतीय प्रहरीले रामपालको आश्रममा छापा मार्दा हिंसात्मक झडप भएको थियो ।