हैदराबाद (एजेन्सी) – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजाएन्ट्सलाई १ रनले पराजित गर्दै तेश्रो पटक आइपिएल उपाधि जितेको । मिचेल जोनसनले अन्तिम ओभरमा २ विकेट झारेपछि मुम्बई इन्डियन्सले राइजिङ पुने सुपरजायन्ट्सलाई १ रनले पराजित गर्दै आइपीएल-१० को उपाधि जितेको छ। यससँगै मुम्बई ३ पटक च्याम्पियन बन्दै आइपीएलको सर्वाधिक सफल टोली बनेको छ। यसका लागि मुम्बईले १२९ रनको सामान्य लक्ष्य डिफेण्ड गर्यो। फाइनलमा १ रनको रोमाञ्चक जितसँगै मुम्बईले लिग र प्लेअफमा गरी पुनेसँग बेहोरेको ३ हारको बदलासमेत एकैपटक लिएको छ।
फाइनलमा मुम्बईका ओपनरद्वय लेन्डल सिमन्स ३ रन र पार्थिव पटेल ४ रनमा पेभेलियन फर्किंदा अम्बाटि रायुडूले १२ रनमात्र जोड्न सके। कप्तान रोहित शर्माले २४ रन बनाएका थिए। पुनका लागि वासिङटन सुन्दरले कसिलो बलिङ गर्दै २ ओभरमा १३ रनमात्र खर्चे भने जयदेव उनदकट, एडम ज्याम्पा र ड्यान क्रिस्टियनले २/२ विकेट लिए। जवाफमा १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो। पुनेका लागि कप्तान स्टिभ सम्थले अर्धशतक पूरा गरेपनि जितका लागि पर्याप्त भएन। स्मिथले ५० बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। ओपनर अजिन्का रहानेले ४४ रन बनाए। यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले चेन्नाई सुपर किंग्सला२ हराउँदै उपाधि जितेको थियो।