वीरगंज, ७ जेष्ठ ।
सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषको १० लाखको लागतमा वीरगंज उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा थप कक्षाकोठा भवन निर्माणको लागि शिलान्यास गरिएको छ । संसदीय बिकास कोषबाट निर्माण हुन लागेको भवनको सांसद यावदले आज बिहान शिलान्यास गर्नुभएको हो । पवन कन्सर्टक्सनले निर्माण गर्न ठेक्का लिएको भवनको असार भित्रै निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक प्रमोद पाठक, नेकपा एमाले वडा नं. २३ का वडा अध्यक्ष लालबाबु यादव, सदस्य रबिन्द्र यादव, रामजी पटेल लगायतको उपस्थिती रहेको थियो ।