एमाले नेता गिरी र चौहानद्वारा एमाले पार्टी परित्याग

114

वीरगज । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला सह–इन्चार्ज प्रहलाद गिरी र एमाले पर्सा क्षेत्र नम्बर४का क्षेत्रीय अध्यक्ष एवम् पुर्व सभासद प्रद्युमन चौहान लगायत उनका समर्थकहरुले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेता गिरी र चौहानले सोमबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मधेस विरोध एमाले पाटी परित्याग गरेको घोषणा गरेका हुन । मधेसीलाई विदेशी बुझ्ने नेकपा एमाले पार्टीको कारण मुलुक भित्र समुदायहरु बीच द्वन्दको अवस्था सिर्जना भएको र अधिकार तथा पहिचानकालागि संर्घषमा रहेको मधेसी जनताको आन्दोलनलाई बलियो बनाउनु पर्ने आवश्यकक्तालाई दृष्टीगत गर्दै आफु सहित आफ्ना समर्थकहरुले एमाले पार्टीलाई परित्याग गरेको नेता गिरीले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।

उहाँले राणाकालिन र महेन्द्रकालिन अन्धो राष्ट्रवादको नारा बोकेको एमाले पार्टीको कारण मुलुक विखण्डन हुने अवस्था सिर्जना भएकाले मुलुकको अखण्डतालाई जोगाई राख्न र पहिचान तथा अधिकारकालागि संर्घषमा रहेको मधेसी समुदायसंग काधमा काध मिलाई संर्घषको बाटोमा अघि बढ्न एमाले परित्याग गरेको बताउनु भयो । नेपालमा रहेको मधेसीलाई विदेशी भनी सम्बोधन गर्ने एमाले पार्टीका अध्यक्ष केपि शर्मा ओली, मधेसीलाई धोती र मधेस प्रदेशलाई धोती प्रदेश भन्ने झलनाथ खनालको अन्धोराष्ट्रबादले मुलुकको अखण्डतालाई कमजोर पार्नुको साथै विखण्डको विजारोपन समेत गरेकाले मुलुकको अखण्डतालाई प्रेम गर्ने नेपाली एमाले पार्टीमा बस्नै नहुने नेता गिरीले दावी गर्नुभयो ।

उहाँले एमाले पार्टीमा रहेका मधेसी, महिला, अदिवासी, जनजातीले एमाले परित्याग गरी विभेद विरुद्धको आन्दोलनमा सहभागि हुन आह्वान गर्नु भयो । तराईका जिल्लामा एमाले भित्र रहेका नेताहरुले पाटीलाई त्यागी संचालित मधेस आन्दोलनमा सहभागि हुन आग्रह गर्दै एमालेको कारण राष्ट्रिय एकता, भाइचारा र लोकतन्त्रको मुल मर्मनै खतरामा परेको नेता गिरीले आरोप लगाउनु भयो । एमाले पार्टी परित्याग गरेका अर्का नेता चौहानले मधेस विरोधी पार्टीमा लाग्नेको भविश्य सुरक्षित नभएको दावी गर्नु भएको छ । उहाँले लोकतन्त्रको मुल मर्मनै सबै खाले विभेद अन्त्य गरी समतामुलक समाज निर्माण भएपनि ,सोको विरुद्धमा एमाले पार्टीका नेता आफनो सम्पुर्ण कार्य सम्पादन गर्दै आएको टिप्पणी गर्नु भयो । राजतन्त्र उन्मुलनको आन्दोलनमा सबै नेपाली एक ठिक्का भई संर्घष गरेकाले गणतान्त्रिक संविधानमा सबैको समान अधिकार हुनु पर्ने माग राखी मधेसी, जनजाती, आदिवासी ,महिला, मुस्लिम लगायत उत्पीडनमा परेकाहरुलाई आन्दोलन गर्दा उनलाई राष्ट्रघाती भन्ने एमालले परिवर्तनलाई आत्मसाथ गर्न नसकेको कारण आफुहरु समान अधिकारको महान संर्घषमा सहभागि हुन एमाले परित्याग गरेको नेता चौहानले दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा सहभागि रहेको दुवै नेताले मधेसीको अधिकारको लागि अग्रपंगतिमा रही संर्घष गरिरहेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने तयारीमा आफु र आफ्ना सर्मथक रहेको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा सहभागि रहेका फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने लाग्नु भएका सबै नेताहरुलाई स्वागत गर्नु भएको थियो । उहाँले महान मधेस आन्दोलनमा सहभागि हुन र मधेसी जनताको अधिकारकालागि संर्घषमा होमिन आउन लागु भएको सबै नेतालाई संघीय समाजवादी फोरम नेपालले उनको भावनाको उचित कदर गर्दै पार्टीका स्थान दिने जानकारी दिनु भयो । कार्यक्रममा फोरमका नेता विजय सरावगी, हरिनारायण रौनियार लगायतको उपस्थिती रहेको थियो । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/