बीरगंज, ९ जेष्ठ । बीरगंज उप–महानगरपालिकालाई महानगरपालिका बनाइएकोमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रिय सभापति अरबिन्द गुप्ताले नगरवासीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको छ ।
क्षेत्रिय अध्यक्ष गुप्ताले मंगलवार एक बिज्ञप्ति निकाली तह तप्का एवं सम्पूर्ण नगरवासीका साथै महानगरपालिका बनाउने निर्णयमा सामेल र सहयोग सुझाव दिने ब्यक्तित्वहरुलाई धन्यवाद र शुभकामना ब्यक्त गर्नु भएको छ । साथै भविष्यमा नगरवासीले पाउने हरेक सुख सुबिधाबाट कोही नागरिक बंचित नरहुन भनी नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ को तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गरिएको छ ।