जेठ १२ गतेदेखि जेठ १८ गतेसम्मको राशिफल

28

मेष
बोलीको मधुरताका कारण मानिसहरू आफूतर्फ आकर्षित हुनेछन् । यो साता कर्मचारीवर्गले विशेष ध्यान पुर्‍याउनुपर्नेछ । होस नपुर्‍याई निर्णय गर्दा स–साना कुरामा आलोचित हुनुपर्नेछ, जसले आफ्नो मर्यादामा चोट पुर्‍याउन सक्छ । नयाँ अवसरका लागि प्रतिस्पर्धा गर्दा सफलता हात पर्ला ।

 

वृष
बोलीको मधुरताका कारण मानिसहरू आफूतर्फ आकर्षित हुनेछन् । यो साता कर्मचारीवर्गले विशेष ध्यान पुर्‍याउनुपर्नेछ । होस नपुर्‍याई निर्णय गर्दा स–साना कुरामा आलोचित हुनुपर्नेछ, जसले आफ्नो मर्यादामा चोट पुर्‍याउन सक्छ । नयाँ अवसरका लागि प्रतिस्पर्धा गर्दा सफलता हात पर्ला ।

 

मिथुन
साता मध्यम तवरले बित्नेछ । प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ स्थानको भ्रमणका कारण खर्च वृद्धि हुनेछ भने आवश्यक खर्चको जोहोसमेत गर्नुपर्नेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् । मझौला किसिमका लगानीबाट धन आर्जन गर्न सकिनेछ ।

 

कर्कट
आर्थिक क्षेत्रमा प्रभुत्व जमाई सोचेजस्तै लाभ लिन सकिनेछ । सिर्जनात्मक कार्यले जीवनसंगीसित रहेको वैचारिक मतभिन्नता समाप्त गर्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कृत हुन पाइनेछ भने हौसलासमेत वृद्धि हुनेछ । घरायसी व्यवहारमा संलग्न नहुनु नै उपयुक्त हुन्छ ।

 

सिंह
कर्मचारीवर्गले हेलचेक्र्याइँ गर्दा भविष्यका अवसरहरूसमेत स्वत: समाप्त हुन सक्छन् । करियरका लागि विदेशी मित्रको सुझाव अनुसरण गर्दा थप सहज हुनेछ । रातो रंग प्रयोगमा ल्याउन सके सफलता नजिक पुग्न सकिनेछ । खानपानको फेरबदलले स्वास्थ्यमा प्रतिकूलता निम्त्याउन सक्छ ।

 

कन्या
भविष्यका निम्ति जग बसाउने कार्य गर्न सकिनेछ । नयाँ मित्रहरूसँग भ्रमण गर्दा सचेत रहनुहोला । अधुरो रहेको लामो समयदेखिको चाहना पूर्ण हुनेछ । मान्यजनको सुझाव आत्मसात् गर्दा चुनौतीबाट पार पाइनेछ ।

 

तुला
नसोचेको अवसर आइलाग्ने सम्भावना छ । नयाँ अवसरले थप मेहनतको अपेक्षा गरेको छ । उत्कृष्ट नतिजा प्राप्त हँुदा प्रेमिका दंग पर्नेछिन् । अभिभावकको सुझाव अनुसरण गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

 

वृश्चिक
रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । साथीसंगीसँग नगद कारोबार गर्दा विवेक पुर्‍याउनुहोला । भोजभतेरमा संलग्न भै अवेरसम्म मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ । सेतो रंगको प्रयोगले सहयोगी भूमिका निर्वाह गर्नेछ । मित्रता एवं प्रेमको गाँठो कसिन सक्छ ।

 

धनु
अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ ।  दिगो फाइदा हुने कार्य वा नोकरी प्राप्त हुनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । साताको अन्त्यमा पूर्वतर्फको यात्रामा आकस्मिक लाभ हुनेछ ।

 

मकर
रोजगारी हुनेहरूका लागि स्थान परिर्वतनको संयोग सिर्जना हुनसक्छ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबारपछिका दिनमा प्रतिष्ठित मित्रहरूसँग भलाकुसारी गर्न पाइनेछ । भूमि तथा सवारी साधन जोरिने सम्भावना टरेको छैन ।

 

कुम्भ
पारिवारिक सुझाव मुताविक व्यवसाय सञ्चालन गर्दा उचाइ लिन लामो समय कुर्नुपर्नेछैन । प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित तुल्याउन सकिनेछ । इच्छा नहुँदा–नहुदै विवाह बन्धनको गाँठो कसिन बेर छैन । प्रतिस्पर्धीहरूले तपाईंको प्रशंसा गर्नेछन । यात्रा गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला ।

 

मीन
लगनगाँठो कसिने सम्भावना छ । साताको प्रारम्भमा केही दौडधूप गर्नुपरे पनि आफ्ना लागि विशेष अवसर जुटाउन सकिनेछ । खर्चको मात्रा बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् । विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ साथी फेला पर्नेछन् ।

 

https://ankushdaily.com/