पोखरा महानगरको मेयर उपमेयरमा एमाले उमेदवार विजयी

36

पोखरा । पोखरा महानगरपालिका प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन्। शुक्रबार विहान सकिएको मतगणना अनुसार जिसीले ६० हजार १ सय २० मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले भन्दा १३ हजार ७ सय ९ मत बढी ल्याएका हुन्।

कुँवरले ४६ हजार ४ सय ११ मत ल्याए। उपप्रमुखमा पनि नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङ विजयी भएकी छन्। उनले ५६ हजार ४ सय ४८ मत ल्याएकी छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याइन्। पोखरा महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए। महानगरपालिकाको ३३ वडामध्ये ११ वटामा नेपाली कांग्रेस र २२ वटामा नेकपा एमालेले वडा अध्यक्ष पद जितेको छ।

https://ankushdaily.com/