फलेवास (पर्वत । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ ।
ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका(८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइ“ग तुन गाउ“ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्टूोलको नौगाम सेक्टरमा ‘सर्जिकल स्टू्याइक’का क्रममा उनीहरूको गोली लागेर मृत्यु भएको हो ।
शर्मा पा“च वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उहा“ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बा“धिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ ।
यसैगरी कास्कीको नगिधर गाउ“का गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । त्यस्तै गुल्मीको काराइ“ग तुन गाउ“ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् । तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ । रासस