मरिसस्का प्रधानमन्त्री तीन दिने भारत भ्रमणमा

33

नयाँदिल्ली, १२ जेठ । मरिसस्का प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत आइपुग्नु भएको छ ।

उहाँ तीन दिने भ्रमणका क्रममा भारत आइपुग्नु भएको सरकारी सञ्चार माध्यम अल इन्डिया रेडियोले जनाएको छ ।

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री जगन्नाथको शनिबार राष्ट्रपति भवनमा अभिनन्दन गरिने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसपश्चात् शनिबार नै उहाँले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिष्टाचार भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । यस भेटवार्ताका क्रममा दुई देशकाबीचमा केही महत्वपूर्ण सम्झौता पनि हुन सक्ने अपेक्षा गरिएको छ ।

भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनसमेत गर्ने कार्यतालिका रहेको भ्रमण टोलीमा सहभागीहरुले बताएका छन् ।

यसगरी भ्रमणको क्रममा उहाँले भारतीय राष्ट्रपति प्रणव मुर्खजी र उपराष्ट्रपति हमिद अन्सारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

मरिसस्का प्रधानमन्त्री जगन्नाथले गत जनवरीमा आफ्नो पदभार सम्हाल्नुभएयता यो पहिलो विदेश भ्रमण हो । रासस

https://ankushdaily.com/