सलमान खानको ‘ट्यूबलाइट’

215

वीरगन्ज । इदमा रिलिज हुन लागेको नायक सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार मुम्बइमा एक कार्यक्रमको आयोजना गर्दै दाजु भाइको कथामा आधारित चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

कविर खान निर्देशित यो चलचित्रमा सलमानका साथमा उनका भाइ सोहिल खानको मुख्य भूमिका छ । भारत र चीनको युद्धमा हराएको भाइको खोजीमा पुग्ने दाइको कथामा यो चलचित्र बनेको छ । सलमान यो चलचित्रमा ‘ट्यूबलाइट’ जस्तै ढिलो कुरा वुझ्ने एक पात्रको भूमिकामा देखिएका छन् ।

https://ankushdaily.com/