स्थानीय तह निर्वाचनको मिति सार्न मुस्लिमहरुद्वारा ज्ञापन

47

वीरगंज, १२ जेष्ठ ।  स्थानिय तह दोस्रो चरण निर्वाचाको मिति सार्न पर्साका मुस्लिम समुदायले एक ज्ञापन दिएर सरकारसंग आग्रह गरेका छन् । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन जिल्ला कार्यसमिति पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन ।
ज्ञापन–पत्रमा आउदो असार ११, १२ वा १३ गते मुस्लिम समुदयाको ईद उलफित्र (ईद पर्व)परेको र सोही मितिका परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले उच्च माध्यमिक विद्यालय कक्षा ११ को परिक्षा राखेकाले इद मनाउनबाट समुदयाको बालबालिका बन्चित हुने भएकाले परिक्षाको मिति समेत इदपछि राख्न अनुरोध गरिएको छ । मुस्लिम समुदयले गरेको आग्रहलाई बेवास्ता गरिए सरकार विरुद्ध सडक संर्घषमा उत्रीने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत प्रधानमन्त्री पुष्पकमल दहाललाई बुझाएको ज्ञापन–पत्रमा यही जेठ १३ गते देखी मुस्लिम समुदायको एक महिने रमजान व्रत सुरु भएको र व्रतका क्रममा निर्वाचनका गतिविधीमा मुस्लिम समुदाय सहभागि हुन नसकिने भएको ले जेष्ठ ३१ गते हुने भनिएको स्थानिय तह दोस्रो चरणको निर्वाचको मितिलाई अगाडी सार्न आग्रह गरिएको छ ।
यसै बीच मुस्लिम नागरिक समाज पर्साले समेत प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउदै स्थानीय तह निर्वाचनको मिति तथा कक्षा ११ को परिक्षालाई ईद पछिको मितिमा सार्न आग्रह गरेको छ । समाजका अध्यक्ष मैनुदिन मिया“ले ज्ञापन–पत्र बुझउदै उक्त मागहरु अघि सारेका हुन ।

https://ankushdaily.com/