बृजलाल गोयल वेलफेयरद्वारा रक्तदान कार्यक्रम

47

बीरगंज, १३ जेष्ठ ।  नरसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटीले आज माईस्थान अगाडि वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष शिव गोयलको अध्यक्षमा भएको कार्यक्रममा ९ महिला सहित ५० जना भन्दा बढी ब्यक्तीले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा सुभद्रा बंजारा, प्रकाश बस्नेत, रविन्द्र ठाकुर लगायत रहेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोविन्द साह, राजपाका निजामुदिन समानी, विरगंज युवा समाजका कमल चौगाइ, मुकेश सरवागी ,लगायतको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र र ब्लड डोनर्स एसोसिएशनको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

https://ankushdaily.com/