बीरगंज, १३ जेष्ठ । बीरगंजका गैरसरकारी रमाइलो कुरा नामक संस्थाले आज विरगंजमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष स्पनिल सिंह ठकुरीको नेतृत्वमा विरगंजको घण्टाघर, मीनाबजार, माइस्थान लगायतका स्थानमा सरसफाई गरिएको हो । विरगंजलाई सफा, सुन्दर बनाउनका लागि सरसफाई गरिएको ठकुरीले बताउनुभयो । सरसफाई कार्यक्रममा नेपाल प्रहरी, बाबा बोर्डिङ स्कुल, विरगंज उप–महानगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।