लन्डन- क्रिकेटको मिनी वर्ल्ड कप मानिने च्याम्पियन्स ट्रफी आजबाट इंगल्याण्डमा सुरु हुँदैछ। क्रिकेटको मिनी वर्ल्ड कप मानिने च्याम्पियन्स ट्रफी आजबाट इंगल्याण्डमा सुरु हुँदैछ। इंगल्याण्ड दुई पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन। आइसीसीको वरीयतामा शीर्ष ८ स्थानमा रहेका टोलीले यस प्रतियोगितामा सहभागिता जनाउँदैछन्। जसमध्ये ६ पूर्व विजेता छन् भने आयोजक इंगल्याण्ड, पाकिस्तान र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेको छैन। समूह ए मा रहेका इंगल्याण्ड र बंगलादेशबीचको खेलसँगै यस संस्करणको प्रतियोगिताको उद्घाटन हुनेछ। यी दुई टोलीसँगै समूह ए मा अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन्। समूह बी मा भारत, पाकिस्तान, श्रीलंका, र दक्षिण अफ्रिका छन्। च्याम्पियन्स ट्रफीको यो आठौं संस्करण हो। सन् १९९८ मा भएको पहिलो संस्करण दक्षिण अफ्रिकाले जितेको थियो। त्यसयता अष्ट्रेलिया र भारतले सर्वाधिक २-२ पटक उपाधि जितिसकेका छन्।
यस्ता छन् ८ टोली
समूह ए
इंगलिस टोली
इयान (मोर्गन कप्तान), मोइन अली, जोनी बेइरस्टोव, ज्याक बेल, साम बिलिङ्स, जोस बटलर, एलेक्स हाल्स, लिएम प्लनकेट, अदिल रसिद, जोए रुट, ज्यासन रोए, बेन स्टोक्स, डेभिड विली, क्रिस वोक्स, मार्क वुड ।
अष्ट्रेलियन टोली
स्टिभ स्मिथ (कप्तान), डेविड वार्डर, आरोन फिन्च, म्याथ्यु वेड, क्रिस लिएन, मोएसिस अनरिके, मार्सकु स्टोइनिस, जोन हास्टिङ, ग्लेन म्याक्सवेल, ट्रेभिस हेड, मिचेल स्टार्क, जोस हाजलउड, प्याट कमिङ्स, जेम्स प्याटिनसन, एडम जाम्पा ।
न्यूजिल्याण्डको टोली
केन विलियमसन (कप्तान), कोरी एण्डरसन, ट्रेण्ट बोल्ट, निल ब्रोम, कोलिन डे ग्राण्डहोम, मार्टिन गप्टिल, टम लाथम, मिचेल म्याकलेघान, एडम मिल्ने, जिम्मी निसाम, जितन पटेल, लुक रोची, मिचेल सान्टनर, टिम साउदी, रोज टेलर ।
बंगलादेशी टोली
मोसरफ मोर्तजा (कप्तान), तमिम इकवाल, सौम्य सरकार, इमरुल कायस, मुस्फिकर रहिम, शकिब अल हसन, सबिर रहमान, मोहमुदुल्लाह, मोसाडेक होसेन, मुस्ताफिजुर रहमान, रुबेल होसेन, तस्किन अहमद, सुनजमुल इस्लाम, मेहदी हसन, सफिउल इस्लाम ।
समूह बी
भारतीय टोली
विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, केदार जाधव, मनिस पाण्डे, महेन्द्र सिंह धोनी, युभराज सिंह, रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, उमेश यादव, जसप्रित बुमराह, अजिन्का रहाने, रविचन्द्रन आश्विन, मोहम्मद शामी ।
दक्षिण अफ्रिकन टोली
ए बी डे भिलियर्स (कप्तान), हसिम अमला, क्वेन्टन डे कक, फाप डु प्लेसिस, जे पी डुमिनी, फराह बेहारदिन, डेविड मिलर, क्रिस मोरिस, मोर्ने मोर्केल, वायने पार्नेल, खागिसो रबाडा, इमरान ताहिर, केशव महारेज, ड्वाइन प्रेटोरिओस, अन्डिल पेहलुकवायो ।
पाकिस्तानी टोली
सर्फ्राज अहेमद (कप्तान), अहेमद शेहजाद, अजर अली, मोहम्मद हाफिज, बाबर अजम, शोएम मलिक, उमर अकमल, इमाद वासिम, फकर जमान, फहिम असरफ, मोहम्मद आमिर, वाहव रियाज, जुनइद खान, हसन अली, शदाव खान ।
श्रीलंकन टोली
एल्जेलो म्याथ्युज (कप्तान), उपुल थरंगा, निरोसान डिकवेला, कुशल परेरा, कुशल मेण्डिस, चामरा कपुगेदेरा, अशेला गुणरत्ने, दिनेश चण्डिमल, लाथिस मालिंगा, सुरंगा लकमल, नुवान प्रदिप, नुवान कुलशेखरा, थिसारा परेरा, लक्शन सन्दाकान, शेकुगे प्रशन्ना ।