बीरगंज, १८ जेष्ठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध चरेस सहित एक भारतीयलाई पक्राउ गरेको छ । बिहिबार बिहान ८ बजेको समयमा बिहार मोतिहारी मुजफ्फरपुर बस्ने कृष्ण शर्मालाई पा“च किलो लागू औषध चरेस सहित पक्राउ गरेको हो ।
वीरगंजबाट रक्सौलतर्फ जादै गरेको निज शर्मालाई संकाको आधारमा खान तलास गर्दा सो परिणामको लागू औषध पक्राउ परेको जिल्ला प्रहरी पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भएको छ ।
पक्राउ परेको लागू औषध चरेश ५ किलो सहित निज शर्मालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक जोशीले बताउनु भयो ।
यसैबीच पटेर्वा सुगौली गा“उपालीका वडा नं.७, निचुटा स्थित अबैध रुपमा संचालन गरेको ३ वटा मदीरा भट्टि तथा
सोही गाउपालिका वडा नं. ४ सोनवर्षा स्थितमा जम्मा ४ वटा भट्टिबाट तयारी मदिरा १०० लिटर मदीरा बनाउने कच्चा पदार्थ अं ६०० (छ सय)लि. ई.प्र.का. पटेर्वासुगौलीका प्र.नि. महेश बस्नेतको कमाण्डमा खटी गएको ७ जनाको प्रहरी टोलीले नष्ट गरेको
जनाएको छ ।