च्याम्पियन्स ट्रफी : वर्षाका कारण अष्ट्रेलिया र न्यूजिल्याण्डले बाँडे अंक

57

एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’ को लिग चरणको खेलमा वर्षा  बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए।

टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट भएको थियो

त्यसअघि वर्षाले अबरुद्ध पारेपनि ४६ ओभरमा घटाइएको पहिलो इनिङ्समा न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर २९१ रन बनाएको थियो।न्यूजिल्याण्डका लागि कप्तान केन विलियमसनले शतक प्रहार गरे। रनआउट हुनुअघि विलियमसनले ९७ बल खेल्दै  ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै लुक रोन्चीले ६५ तथा रोस टेलरले ४६ रन बनाएका थिए। बलिङमा अष्ट्रिलयाका जोस हाजेलहुड एक्लैले ६ विकेट लिए भने जोन हास्टिङले २ विकेट झारे।

https://ankushdaily.com/