बारामा स्थानीय र प्रहरी विच झडप

67

बारा, २० जेष्ठ ।  एक वर्ष अघिदेखि फरार एक अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबासिबिच बाराको सिम्रौनगढमा झडप भएको जनाइएको छ । कर्तब्य ज्यान र डाका मुद्धामा लामो समयदेखि फरार रहेका सिम्रौनगढ नगरपालिका १ का हरेन्द्र मुखियालाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथी स्थानीयबासीले ढुंगामुढा गरेपछि झडप भएको थियो । झडपका क्रममा प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।
प्रहरी र स्थानीयबासीविच झडप भएपनि प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिएको छ । २०७३ साल भदौ १५ गते डा“का तथा ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्या चलाएका मुखिया त्यतिबेला देखिनै फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखि कारवाही प्रकृया अगाडि बढाईएको बारा प्रहरीका प्रवक्ता डिएसपी रेग्मीले बताए ।

https://ankushdaily.com/