वीरगञ्ज, २० जेठ । विश्व वातावरण दिवसको अवसरमा आज वीरगञ्जमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रकृति सेवा प्रतिष्ठान नेपाल र ग्रेड एकेडेमीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले पर्यावरण सम्बन्धी चित्र कोरेका थिए । दुई समूहमा गरिएको प्रतियोगितामा पर्सा जिल्लाका १५ वटा सामुदायिक र ३५ वटा नीजि तथा आवासिय विद्यालयका २ सय विद्यार्थीहरु सहभागी भएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले जानकारी दिए ।
कक्षा पा“च र छ का विद्यार्थीहरुको समूह ग्रुप ए र ७ देखि १० सम्मका विद्यार्थीको समूह ग्रुप बि दुवैमा साउथ जोन एकेडेमीकै विद्यार्थीहरु प्रथम र द्वितिय भएका हुन् । ग्रुप ए तर्फ साउथ जोन एकेडेमीका सोनालाल सहनी, साउथ जोनकै अनु पटेल द्वितिय र ग्रेड एकेडेमीका अस्मिता वर्णवाल तृतिय हुन सफल भएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
त्यसैगरि ग्रुप वी तर्फ पनि साउथ जोन एकेडेमीकै रिंकु साह प्रथम, साउथ जोनकै सञ्जना चौहान द्वितिय र डिएभी स्कुलकी रसना सिंह तृतिय हुन सफल भएकी छन् ।