बिजय चौहान
वीरगन्ज, २३ जेष्ठ ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीलाई कालो मोसो दल्ने कार्यमा संलग्न रहेकालाई अविलम्ब कार्यवाहीको पर्सेली संचारकर्मीहरुले मांग गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको संचारकर्मीहरुको टोलीले अध्यक्ष तिवारीलाई कालोमोसो दल्ने कार्यमा संलग्नलाई पक्राउ गरी कार्यवाही गर्न माग गरेको हो ।
अध्यक्ष तिवारी गएराती वीरगन्जको छपकैया स्थित एक होटलमा बसी खाजा खाइरहेको बेला वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु रा“की र कृष्णा चौरसिया लगायतका व्यक्तिले कालोमोसो दलेकाले निजहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गर्न संचारकर्मीहरुले माग गरेका छन् । संचारकर्मी माथि दुव्र्यवहार गर्ने गिरी, रा“की र चौरसियालाई कानुन बमोजिम कार्यवाहीकालागि अध्यक्ष तिवारीले प्रहरीलाई लिखित निवेदन समेत दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहलाई निवेदन बुझाउदै संचारकर्मीहरुले घटनामा संलग्न दोषिलाई अविलम्ब कार्यवाही नगरे प्रहरी प्रशासन विरुद्ध कडा आन्दोलनमा उत्रीने संचारकर्मीहरुले चेतावनी दिएका छन् । संचारकर्मी माथि दूव्र्यवहार गरी अभिव्यक्ति स्वतन्त्राताको हनन गर्ने कार्य भएकाले दोषिलाई अविलम्ब कार्यवाही हुनु पर्ने संचारकर्मीहरुको माग रहेका छन् ।
नेपाल पत्रकार महासंघ शाखाका उपाध्यक्ष समेत रहेका अध्यक्ष तिवारीमाथि भएको दूब्र्यबहारको घटनाको प्रेस चौतारी नेपाल पर्सा र नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज छुट्टा छट्टै विज्ञप्ती जारी गरी घोर भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खडका र चौतारिका सचिव संजिव मिश्राले हस्ताक्षर गरी सार्वजनिक गर्नुभएको विज्ञप्तीमा अबिलम्ब प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी पुरा गर्न माग गर्दै सञ्चारकर्मीहरुलाई निर्भयताको साथ पत्रकारीता गर्ने वातावरणको निर्माण गर्न समेत जोडदार माग गरिएको छ ।