काठमाडौं । शुक्रबार अष्ट्रेलियाको मेलवर्नमा अर्जेन्टिनाले ब्राजिललाई एक शून्य गोलले पराजित गरेको छ । खेलको पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । डिफेण्डर ग्याब्रियल मेर्काडोले गरेको त्यस गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । सुपरस्टार नेइमारबिना प्रतिस्पर्धामा उत्रिएको ब्राजिलले लियोनल मेस्सीको टिम अर्जेन्टिनासामू बलियो चुनौति पेश गर्न सकेन । ब्राजिलका गाब्रिएल जेससले गोल गर्ने मौका गुमाएका थिए। मेलवर्नमा अर्जेन्टिना र ब्राजिलको खेल हेर्न ९५ हजार भन्दा बढी दर्शक उपस्थित थिए।