स्वार्थर्पूिर्तका उदेश्यले झुठा मुद्दा दिने क्रम पर्सामा बढ्यो

43

वीरगन्ज ।  स्वार्थपूर्तीका लागि पर्सा जिल्लामा झुठा मुद्दा दर्ता गराउने परिपाटी बढ्दै गएको छ । गलत जानकारी दिई प्रहरी मार्फत प्रतिवादीलाई पक्राउ गराउने र राजनीतिक दलका नेताको दवावमा पंचायती मार्फत स्वार्थ पूर्ती गर्नेको संख्या पर्सामा बढ्दै गएको हो ।
कुनै युवासंग छोरी भागेमा, कसैले श्रीमती भगाएमा, दुई जना विच नभएको आर्थिक लेनदेनको हर हिसाब नमिलेमा, अन्शको विवाद देखी छिमेकी बीचको झैझगडामा समेत विपक्षीलाई फसाई स्वार्थ पुर्ती गर्न अपरहण तथा शरिर बन्धक जस्ता मुद्दाको झुठा निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
निवेदनकले गलत जानकारी दिई निवेदन दर्ता गराउने र प्रहरीले प्रतिवादीलाई पक्राउ गरेपछि पंचायती मार्फत वार्गेनि· गर्ने परिपाटि बढ्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । उहाँले पर्साको ग्रामिण भेगमा रहेका राजनीतिक दलका नेताहरुको उक्साहटमा समेत घटनामा संलग्न नै नभएका व्यक्तिको नाममा समेत निवेदन हाल्ने परिपाटी देखिएको जानकारी दिनुभयो ।
श्रीमती अरुसंगै गएपछि ससुरा सहित विदेशमा समेत रहेका गाउले सहित १० जनामाथि अपहरण तथा शरिर बन्धक झुठा मुद्दा दर्ता भएको प्रवक्ता जोशीले बताउनु भयो । उहाँले पर्साको तुल्सिबर्वा गाविसको वडा नम्बर४ निवासी हरिन्द्र पडित कुम्हालले आफनै ससुरा पर्साको मुर्ली गाविसको वडा नम्बर ५ निवासी प्रित पडित कुम्हाल सहित दश जनामाथि सात वर्षिय छोरी अपहरण गरेको झुठा मुद्दा दर्ता गराएको जानकारी दिनुभयो । २०६६ सालमा श्रीमती सविता देवी काखेछोरी सहित भारत विहारका खकटवा निवासी एक व्यक्ति संगै गएपछि रिसाएका श्रीमान हरिन्दरले ससुरा, साला,ससुरालि गाउ निवासी शिवशंकर साह तेली, विदेशमा रहेका उनका छोरा छोटेलाल साह तेली सहित दश जनामाथि अपहरण तथा शरिर बन्धक झुठा मुद्दाको निवेदन दर्ता गराउन प्रवक्ता जोशीले बताउनु भयो ।
उहाँले निवेदक हरिन्द्रले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमाथि छानविन गर्दा आरोप सावित नभएपछि मुद्दा दर्ता गर्न मनाहि गरेपछि उनले २०७३ साल चैत्र २९ गते दुई नम्बर प्रदेशको उच्च अदालतबाट मुद्दा दर्ता गर्न परमआदेश गराई मद्दा दर्ता गराएको जानकारी दिनुभयो ।
हरिन्द्रले दिएको मुद्दाको आधारमा यही जेष्ठ २२ गते साला शिवशम्भु पडित र गाउले शिवशंकर साह तेलीलाई पक्राउ गरी अनुशन्धान अगाडी बढाउदा हरिचन्द्रकी श्रीमती जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित भई आफ्नो छोरी काँखामा भएका कारण श्रीमानलाई छाड्दा छोरीलाई संगै लगेको र उसको अपहरणमा कोही संलग्न नभएको बयान दिएको प्रवक्ता जोशीको दावी रहेको छ ।

श्रीमति छाडि भएको निहु र ससुरालि पक्षसंग कुनै लेन देनको विषयलाई बंग्याई हिरन्द्रले झुठा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । अदालतमा दर्ता रहेको अपहरण तथा शरिरबन्धक मुद्दालाई पक्राउ परेको दुवै जना व्यक्ति सहित चाँडै अदालतमा मुद्दा बुझाउने र गलत तथा झुठा मुद्दा दर्ता गराएकाले हरिन्दमाथि सरकारी मुद्दा ऐन २०५९ को दर्फा‘क’अन्तरगत सजाय जिल्ला प्रहरी कार्यालयले माग गर्ने प्रवक्ता जोशीले बताउन ुभयो । उहाँले सरकारी ऐन २०५९ को दर्फा‘क’अन्तरगत सजाय माग गर्ने तयारीमा रहको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा दश देखी पन्ध्रह वटा यसै प्रकृतिका झुठा मुद्दा महिनामा आउने गरेको जानकारी दिदै प्रवक्ता जोशीले आएको निवेदनहरुको छानविन गरी पन्छाउने गरेको बताउनु भयो ।
निवेदकले आफ्नो स्वार्थ पुर्तीकालागि अपहरण तथा शरिर बन्धक जस्ता जधन्य अपराधमा मुद्दा दर्ता गर्न दिएको निवेदन माथि छानविन गर्दा ९० प्रतिशत निवेदन झुठा ठहर हुने गरेको प्रवक्ता जोशीको भनाई रहेको छ । युवक संग प्रेम गरी घरबाट छोरी भागेपछि युवक उनका पिता ,भाई, उनका छिमेकी समेतलाई प्रतिवादि बनाई अपहरणकै मुद्दा दर्ता गर्न निवेदन सहित जिल्ला प्रहरी कार्यालय आउने प्रवृति अधिक रहको प्रहरीले जनाएको छ ।  अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/