बालश्रम विरुद्धको विश्वदिवस मनाईयो

56

वीरगंज,२९ जेठ ।  बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा पर्सा जिल्लाका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा युएसआर्ईडी नेपाल, युनिसेफ र रेस्टलेस डेभलपमेन्ट नेपालको सहयोगमा एनजीओसिसी पर्साले जिल्लामा संचालन गरेको सम्भव शुन्य सहनशिलताःलैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम अन्तर्गत ने.रा.आधारभुत विद्यालय बेल्वा प्रसौनी, शशिधर कृष्ण आधारभुत विद्यालय बनकटवा, ने.रा.माध्यमिक विद्यालय सेढवा र कोईलाभार आधारभुत विद्यालय बागवानामा बालश्रम रोकथामका उपाय र कानुनी व्यवस्था सम्बन्धी अन्तरक्रिया आयोजना गरिएको हो ।
चारवटा विद्यालयमा अन्तर्रक्रियामा शिक्षक, विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बालश्रम बारे बृहत छलफल तथा रोकथाम गर्ने उपायहरु, सो सम्बन्धी कानुनी व्यवस्था र नेपालमा बालश्रमको अवस्थाबारे सहभागीहरुलाई जानकारी गराईएको थियो ।

https://ankushdaily.com/