निर्वाचन कार्यालयद्वारा वीरगन्जमा आयोजित दुई दिने तालिम सम्पन्न

19

वीरगन्ज,३० जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले आह्वान गरेको बन्दके बीच आज वीरगन्जमा निर्वाचन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाको वार्ड नम्बर ११ श्रीपुरमा रहेको श्री नेराविमा विद्यालयमा जिल्ला निर्वाचन कार्यालय पर्साले आोजना गरेको दुई दिने तालिम शान्ति पूर्ण रुपमा सम्पन्न भएको हो । पर्सा जिल्लाको ३४२ वटा मतदान केन्द्रका प्रमुख तथा सहायक गरी ७१८ जना प्रशिक्षार्र्थी सहभागि रहेको तालिममा निर्वाचन आचार संहिता , निर्वाचनका बेला अपनाउनु पर्ने सावधानी वारे जानकारी दिइएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
मतदानका क्रममा उम्मेदवार तथा राजनीतिक दलबाट हुन सक्ने आचार संहिता उलंघन, शान्तिपुर्ण रुपमा मतदान तथा मतपेटिकाको सुरक्षा वारे सहभागिलाई जानकारी गराइएको कार्यालय प्रमुख पराजुलीले बताउनु भयो । उहा“ले निर्वाचन कार्यालयले स्थानिय तह दोस्रो चरणको निर्वाचनका लागि गर्नु पर्ने ९५ प्रतिशत काम पुरा भइएको जानकारी दिनुभयो ।
जेठ २ गते उम्मेद्वारी दर्ता र १४ गते हुने स्थानिय तह दोस्रो चरणको निर्वाचनलाई शान्तिपुर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासन सक्षम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले जानकारी दिनु भयो । उहा“ले मतदानका दिन मतदाताको घर देखी मतदान केन्द्रसम्म सुरक्षित र भय रहित वातारणमा आउन जान सुरक्षा प्रवन्ध मिलाइएको बताउन भयो । नेपाल प्रहरी ,शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीलाई मतदान स्थल देखी मतदाताको सुरक्षामा परिचालन गर्ने तयारी स्थानिय प्रशासनले गरेको बताउदै प्रजिअ घिमिरेले मतदानका दिन ढुक्क भएर मतदान गर्न आउन पर्सा जिल्लाका मतदातालाई अपिल गर्नु भयो ।
पर्सा जिल्लामा रहेको एक महानगरपालिका, एक नगरपालिका र ११ वटा गाउपालिकामा गरी कुल दुई लाख ८० हजार २ सय ११ जना मतदाता रहेको छन ।
जिल्लामा महिला एक लाख २० हजार ९ सय १०, पुरुष एक लाख ५९ हजार २ सय ८६ र तेस्रो लिंगी १५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्याय पर्साले जनाएको छ । जेठ १४ गते पर्सा जिल्लामा दुई मेयर दुई उपमेयर सहित ५५१ पदका लागि निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

https://ankushdaily.com/