उपेन्द्र यादवको मानसिक अवस्था विग्रेको छः नेता महतो

49

बिजय चौहान
वीरगन्ज ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले उपेन्द्र यादवको मनिस्थिती विग्रेको बताउनु भएको छ । उहा“ले मधेस आन्दोलनबाटै हैसित पाएका उपेन्द्र यादव अहिले सत्ता स्वार्थका लागि मधेसीकै खेदो खनेको देख्दा सहजै उनको मनिस्थिती विग्रेका मधेसी जनताले अनुमान लगाउने गरेको दावी गर्नु भयो । प्रेस मञ्च पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतोले ‘मधेसीका किया हुआ आन्दोलन मे भारतीयका सहभागिता है जो बोल रहाहै उस्का दिमाग खराब ही है ना ? अधिकार प्राप्तीके लिए पुरै मधेस मे मधेसी आन्दोलन कर रहा है लेकिन सत्ता स्वार्थके लिए उपेन्द्र यादवको आन्दोलन मे विदेशी दिख रहा है तो बुभ्mना पडा ना की उनका दृश्टी केपि ओली मानसिक्तासे ग्रसित है’ बताउनु भयो । पहिले मधेसको आन्दोलनमा भारतीयको सहभागिता मधेस विरोधी केपिओलीले देख्ने गरेको थियो भने अहिले उपेन्द्र यादवले देख्ने गरेकाले उनको मानसिक अवस्था विग्रीएको मधेसी जनताले भन्ने गरेको नेता महतोले टिप्पणी गर्नुभयो ।
उहा“ले राजपालाई बाहिर राखेर तराईमा कुनै पनि शक्तिले स्थानिय तहको निर्वाचन गराउन नसक्ने दावी गर्दै नेता महतोले हतियारको बलले तराईमा निर्वाचन गराउन सरकाले प्रयास गरे मधेस मात्र नभई पुरै देश नै जल्ने चेतानी दिनुभयो ।
मधेसका ठेकेदार बसेका विजय गच्छेदार र उपेन्द्र यादवलाई निर्वाचनमा सहभागि गराई पुरै मधेसको सहभागिता भएको सरकारले ठान्छ भने सरकार भ्रममा रहेको बताउदै नेता महतोले हतियारको बलले तराईमा निर्वाचन गरिए ठुलो रक्त पात हुने र त्यसको पुरा दोष सरकारकै हुने बताउनु भयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतोले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरे स्थानिय तहको निर्वाचनमा सहभागि हुने जानकारी दिनुभएको छ । उहा“ले संविधान संशोधन गरी मधेस आन्दोलनबाट उठेका मुद्दालाई सम्बोधन गर्दै जन संख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरे राजपा नेपाल निर्वाचनमा सहभागि हुन तयार रहेको बताउनु भयो ।
नेता महतोले संवैधानिक दायरमा रही अधिकार प्राप्तीका लागि भएको आन्दोलन असफल भए देशकै लागि दुर्भाग्य हुने बताउनु भएको छ । उहा“ले संबैधानिक दायरामा रही भएको आन्दोलन सफल नभए संविधान विरोधी शक्ति बलियो हुने र त्यो राष्ट्रका लागि घातक हुने दावी गर्नुभयो ।
राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा महामन्त्री जितेन्द्र सोनल, महासचिवद्वय महमद कदमरसुल मिया“, शिव प्रसाद पटेल, केन्द्रिय सदस्य शशिकपुर मिया ,राजेशमान सिह श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/