इस्तानबुल । टर्कीको मुख्य प्रतिपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले आँफू समर्थक एक सांसदलाई झुट्टा मुद्दा लगाई २५ बर्ष लामो कारबासको सजाँय सुनाएको विरोधमा बिहीबार इस्तानबुल जेलबाट शुरु गरी ४०० किलोमिटर लामो विरोध र्यालीको आयोजना गरेको छ ।
धर्मनिरपेक्ष पक्षधर उक्त दलका नेता केमाल किलिक्डारोग्लुले न्यायका लागि प्रदर्शनको आयोजना भएको बताउनुभयो । रिपब्लिकन पिपुल्स पार्टी समर्थक सांसद एनिस बिर्वेरोग्लुलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा बुधबार २५ बर्षको कारावास सजाँय सुनाइएको थियो ।
हजारौं प्रदर्शनकारी सहभागी न्यायका लागि विरोध र्याली लेखिएको व्यानरसहित नेता किलिकडारोग्लुल नेतृत्व गर्नुभएको छ । र्यालीको अघिपछि प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ ।
इस्तानबुलबाट शुरुभएको जुलुस न्याय, प्रजातन्त्र र स्वतन्त्रताका लागि बिरोध कार्यक्रम भएको र राजधानी अङ्कारा पुगेर समापन हुने नेता किलिकडारोग्लुले बताउनुभयो । उहाँले आफ्ना नेतालाई अन्यायभएको र टर्कीमा निरङ्कुश शासन चलिरहेको जानकारी विश्वलाई दिने उद्देश्य अनुरुप विरोध कार्यक्रम गरिएको बताउनुभयो ।
इस्तानबुलको एक अदालतले बुधबार पूर्व सञ्चारकर्मी तथा सांसद बिर्वेरोग्लुमाथि सैनिक तथा राजनैतिक गोपनीयता भङ्ग गर्न सुनियोजित षड्यन्त्र गरेको आरोप लगाउदै २५ बर्षको जेल सजाँय तोकेको थियो ।
उहाँमाथि सन् २०१५ मा कुम्हुरियत नामक पत्रिकामा छापिएको समाचारमा टर्कीको गुप्तचर संस्थाले सिरियामा द्वन्द्वरत इस्लामिक विद्रोहीलाई हतियार सहयोग गर्नेगरेको भनी छापिएको सूचनामा मुद्दा चलाइएको थियो ।
सञ्चारकर्मीका रूपमा बिर्वेरोग्लुले प्राप्त गरेको भिडियो क्लिपमा टर्कीका अधिकारीले सिरियातर्फ हिँडेका ट्रकमा छोटोे दुरी हान्ने मोर्टार बोकेको र सो क्रममा टर्कीका गुप्तचर अधिकारीको उपस्थिति रहेको दावी गरिएको थियो ।
टर्कीका नेताहरूले सिरियाली आतङ्कवादी समूहलाई सघाएको आरोपको लगातार खण्डन गर्दैआएका छन् ।
समाचारलाई लिएर टर्कीले बिर्वेरोग्लुको पत्रिकाका तत्कालिन सम्पादक कान दुन्दुर तथा अङ्कारास्थित सम्वाददाता एर्देम गुल लगाएतका केही अधिकारीमाथि मुद्दा चलाएको थियो । सरकारले उनीहरूमाथि अमेरिकामा अघोषित निर्वासनमा रहनुभएका इश्लाम धर्मगुरु फेतुल्लाह गुलेनको समूहमा सदस्यता नलिइकनै सघाउने गरेको आरोप लगाउदै आएको छ । रासस /एपी