राजपाको वीरगंजमा लाठी जुलुस प्रदर्शन

54

बीरगंज, ३ असार ।  राष्ट्रिय जनता पार्टी नेपालको घोषित कार्यक्रम अन्तर्गत आईतबारको बन्द सफल बनाउन वीरगंजमा लाठी जुलुस प्रदर्शन गरिएको छ । घण्टाघरबाट निस्केको राजपाको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । राजपा अध्यक्ष मण्डलका पर्सा संयोजक पुरुषोतमलाल झाको नेतृत्वमा निस्केको लाठी जुलुसमा महासचिव शिव पटेल, रन्जन मिश्रा, प्रेमबाबु पटेल लगायतको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

https://ankushdaily.com/