बीरगंज, ४ असार । मानव सेवा आश्रम मा रहेका बृद्ध–बृद्धा र असहाय व्यक्तिहरु बीचमा प्रथम पटक प्रहरी सहायक निरिक्षक सुशान्त मिश्रा को २३ औ“ जन्म दिन मनाएका छन् । प्राय जसो व्यक्तिहरु ले आफनो जन्म दिन धुमधाम का साथ आफनै घरमा मनाउने गर्दछन्, तर सुशान्त मिश्रा ले आफनो जन्म दिन ति असहाय व्यक्तित्वहरु को बिच मनाउ“दा त्याहाका असाहायहरु खुशी भएको बताइएको छ ।
जन्म दिन को कार्यक्रम मा मानव सेवा आश्रम विरगंज का अभिभावक एवम् विरगंज पब्लिक कलेज का निर्देशक डा.दिपक शाक्य, अन्षु कार्की, दिवेश गुप्ता, रिशव अग्रवाल, नेहाल खान र सुरेश पिडारी रहेका थिए ।