भन्सार छली अभियोगमा चौरसिया पक्राउ

71

वीरगन्ज,६ असार ।  भन्सार छली गर्ने कार्यमा संलग्न रहेका एक व्यक्तिलाई एक थान मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ । सिमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरेको माल बस्तु भन्सार नै नबुझाई बजारमा विक्री वितरण गर्दै आएका पर्साको विन्दवासनी निवासी दिलिप चौरसियालाई पर्सा प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । बि आर २२ डि ३८३० नम्बरको मोटरसाइकलमा दैनिक भन्सार छली समान भित्र्याउने गरेको पाइएपछि चौरसियालाई १५ हजार रुपैया मुल्य बराबरको डारु पन्यउ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहा“ले प्रहरीले नियन्त्रणमा लिएकोे डारु पन्यउ, मोटरसाईकल र चौरसियालाई मंगलबार नै आवश्यक कार्यवाहीकालागि वीरगन्ज भन्सारमा बुझाएको प्रवक्ता जोशीले बताउनु भयो ।

https://ankushdaily.com/