Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

गर्मीका कारण पर्सासहित मध्यतराईको जनजीवन प्रभावित – Ankush Daily

गर्मीका कारण पर्सासहित मध्यतराईको जनजीवन प्रभावित

157

वीरगन्ज ।
तराईमा गर्मी अत्याधिक बढेका कारण पर्सासहित मध्यतराईको जनजीवन प्रभावित भएको छ । असारको पहिलोे साता यता एक दुई दिन मात्र पानी परेपनि तापक्रम भने अत्याधिक वृद्धि भई चर्को गर्मी र प्रचण्ड घामका कारण सर्वसाधरणको दैनिकी नै अस्त–व्यस्त बनेको छ । बाराको सिमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार असार १ गते देखि पर्सा बारा र आसपासको क्षेत्रमा ३५ देखि ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहदै आएको प्रमुख केशवराज खरेलले बताए ।
एक साता यता बिहानदेखि नै चर्को घाम लाग्दै आएका कारण वीरगन्जको मुल सडक तथा बजारमा मानिसहरुको चहल पहल पनि निक्कै कम देखिन्छ ।
चर्को गर्मी र प्रचण्ड घामका कारण वीरगन्जमा गाउ“बाट ज्यालादारीमा काम गर्न आउने मजदुरलाई सास्ती भएको छ । ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर भएको छ ।
टाउ“को नै फुट्ने खालको उर्खाउलो गर्मी छ, वीरगन्जको माईस्थान क्षेत्रमा दिउ“सो आराम गरिरहेको अवस्थामा भेटिएका रिक्सा चालक बाराको जितपुरका श्याम महतोले भने, ‘दिउ“सो यति धेरै चर्को घाम लाग्छ कि रोडमा निस्कने हिम्मत नै गर्दैन, त्यसैले बिहान र बेलुकी मात्रै रिक्सा चलाउ“छ, दिउ“सो भने आराम गर्छु ।’
गर्मी अत्याधिक बढेका कारण वीरगन्जका अस्पताल र निजी स्वास्थ्य क्लिनीकहरुमा बिरामीको चाप पनि बढेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पछिल्ला दिनमा बिरामीको चाप बढेको अस्पतालका डाक्टर मनोज गुप्ताले बताए । गर्मी बढेदेखि अस्पतालमा भाइरल ज्वरो र झाडा पखालाका बिरामीहरुको संख्या बढेको गुप्ताले भने गर्मीको समयमा पातलो कपडा लगाउन र पानी तथा झोलयुक्त खाना बढी सेवन गर्न सकेसम्म दिउ“सो चर्को घाम लागेका बेला घरबाट बाहिर ननिस्किने ,निस्कनै परे पूरा शरिर ढाक्ने गरी कपडा लगाउने र छाताको प्रयोग गर्ने, चिसो र रसिलो तरल पदार्थहरु बढी सेवन गर्नु पर्ने डाक्टर गुप्ताले सुझाव दिए । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/