वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले आईतबार एक हजार लिटर अबैध मदिरा नालामा बगाई नष्ट गरेको छ । जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको अबैध मदिरालाई जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको नालामा अपराह्न्न बगाई नष्ट गरिएको हो ।
पर्साको ग्रामिण तथा नगर क्षेत्रको विभिन्न स्थानबाट एकसाता भित्र नियन्त्रणमा लिइएका मदिरा नालामा बगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहा“ले पर्साको नगर तथा ग्रामिण भेगमा अबैध रुपमा संचालित रहेका मदिरा भठ्ठीलाई बन्द गराउने क्रममा बरामद भएका हजार लिटर भन्दा बढी तयार मदिरालाई नालामा बगाइएको बताउन भयो ।
अबैध मदिराको कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अभियान नै चलाएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । अंकुश दैनिकमा समाचार छ ।