दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी

23

असार १४ |दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भइरहेको छ । आयोगले भनेको छ, ‘वर्षात्का बावजुद मतदाताहरु बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहनुभएको जानकारी प्राप्त भएको छ ।’  विहान ७ बजेबाट मतदान सुरु भएको हो । बिहान १० बजेसम्म करिव २५ प्र्रतिशत मत खरेको प्रारम्भिक जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।मतदान कार्य अपरान्ह पाँच वजेसम्म जारी रहने छ ।

https://ankushdaily.com/