वीरगन्ज,२६ असार । भारतबाट नेपाल तर्फ हुने प्रतिबन्धित लागुऔषध कारोवारमा संलग्न गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध कारोवार गर्ने गिरोहमा संलग्न रहेका एक भारतीय सहित तीनैजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेश कुमार साह, वीरगन्ज नगवा निवासी नरबहादुर केसी उनकी श्रीमति माया केसीलाई सार्वजनिक गरेको हो ।
प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा संचारकर्मीलाई जानकारी दिदै अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले पक्राउ परेका तीनै जना अभियुक्त रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध टिटिजेसिक रात्री बस मार्फत काठमाण्डौ पु¥याउने गरेको अनुशन्धानबाट खुलेको बताउनु भयो । उहा“ले रक्सौलबाट खरिद गरिएको प्रतिबन्धित लागुऔषध भारतीय नागरिक मुकेशले वीरगन्ज नाकासम्म पु¥याउने र नाकाबाट माया केसी घरमा ल्याउने पछि एप्पल रात्री बस सेवाका सह–चालक रहेका नरबहादुर चालक श्रीराम भनिने कृष्णबहादुर प्याकुरेल मार्फत काठमाण्डौ सम्म पु¥याउने गरेको जानकारी दिनु भयो ।
भारतीय नागरिक मुकेश यही असार २२ गते ३ सय ४० थान प्रतिबन्धित लागुऔषध टिटिजेसिक सहित पक्राउ परेपछि उनले दिएको जानकारीको आधारमा पहिले माया केसी र पछि नरबहादुर केसीलाई नियन्त्रणमा लिइएको वरिष्ठ उपरिक्षक उपाध्यायले बताउनु भयो । कारोवारमा संलग्न रहेका अर्का अभियुक्त प्याकुरेल सवारी ज्यान मुद्दामा यही चितवनको खैरेनिबाट पक्राउ परी जिप्रका चितवनको हिरासतमा रहेको वरिष्ठ उपरिक्षक उपाध्यायले जानकारी दिनुभयो । सवारी ज्यान मुद्दा टुङगो लाग्नेवितिकै अभियुक्त प्याकुरेललाई पर्सा झिकाई उनिमाथि लागुऔषध ऐन अन्तरगत मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुशन्धान भई रहेको जानकारी दिदै वरिष्ठ उपरिक्षक उपाध्यायले कारोवार संलग्न रहेका अन्य व्यक्तिहरुको खोजि कार्य भई रहेको बताउनु भयो ।
यसै बीच वीरगन्जको विभिन्न स्थानमा चोरी गरी पर्सा प्रहरीको टाउको दुखाई बनेका चोरलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । असार २२ गते वीरगगन्ज महानगरपालिकाको वडा नम्बर ५ मा डेरा गरी बस्ने अंशु यादवको कोठाबाट एक लाख ६६ हजार भन्दा बढी मुल्यको धनमाल चोरी गरेको अभियोगमा प्रहरीले स्थानिय मुन्ना महतोलाई पक्राउ गरेको हो ।
यादवको कोठाबाट चोरी गरेको ल्यापटप, बहुमल्य साडी,ल्यापटपको एक्सटर्नल हार्डडिक्स, पानी तान्ने मोटर, मोबाईफोन, लगायतका समान महतोको घरबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चोरीको अभियोगमा पक्राउ परेका महतोलाई आजै सार्वजनिक गर्दै वरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले वीरगन्जमा भएका अन्य कुन कुन चोरीमा महतो संलग्न रहेको र उनले चोरी गरेका मालसमान क–कसलाई विक्रि गर्ने गरेको वारे आवश्यक अनुशन्धान भई रहेको जानकारी दिनुभयो ।