आश्रय दिने बहानामा महिलालाई सामुहिक बलात्कार गर्ने तीन जना पक्राउ

38

बिजय चौहान
वीरगन्ज,  असार ।  आश्रय दिने बहानामा महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीन जना युवकलाई मंगलबार पक्राउ गरेको छ । बाराको जितपुर निवासी २२ वर्षीया महिलालाई आश्रय दिने बहानामा घरलगि बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १९ इनर्वा निवासी वर्ष ३० का तैयब हुसैन, वर्ष ३० कै नुरुल हक र वर्ष २९ का महम्मद तबरेजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना युवकलाई सामुहक बलात्कार मुद्दामा आजै म्याद थप गरी प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
भारत कारागारमा विगत दश महिना देखी बन्दी जिवन विताई रहेका श्रीमान भेट्न घरबाट सोमबार बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आप्mनो घरलगि साथीहरु संग सामुहिक बलात्कार गरि आज विहान घरबाट निकाले पछि महिला प्रहरीको सम्पर्कमा आएको र उनले दिएको जानकारीको आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
तबरेज र तिनका साथीहरुले यौन सम्र्पकका लागि भन्दा महिला नमानेपछि छोराको हत्या गर्ने धम्कि दिई तीनै जनाले बलात्कार गरेको महिलाले प्रहरीलाई बयानमा जनाएको प्रवक्ता जोशीले बताउनुभयो ।
बलात्कारकी शिकार भएकी र अभियोग लागेका तीनै जना अभियुक्तहरुलाई आजै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लगि स्वास्थ्य परिक्षण गराइएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुशन्धान अगाडी बढाएको छ भने, महिलालाई जिप्रका कै महिला तथा बालबालिका विकास शाखामा संरक्षण दिइएको प्रहरीले जानकारी दिएको छ ।

https://ankushdaily.com/